आज देशका अधिकांश क्षेत्रमा मौसम सफा रहने


काठमाडौं ।

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ। यस्तै, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा पनि आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।

आज राति कोशीको तराई, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै, आइतबार देशका हिमाली क्षेत्र र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।