लागूऔषधसहित एकजना पक्राउ



कास्की । 

कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट अवैध लागुऔषध गाँजा करिब १ केजी ५ सय ग्रामसहित सोही महानगरपालिका-१० रामबजार बस्ने २२ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १३९८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्