काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा


काठमाडौँ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भाइटीकाको दिन वर्षा भएको छ ।

बुधबार दिउँसो असिनासहितको वर्षा भएको हो । काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भएको हो ।

अचानक सुरु भएको वर्षाले सडकमा आवतजावत गर्ने पैदलयात्रीदेखि सवारीसाधनसम्म प्रभावित भएका छन् ।

वर्षासँगै उपत्यकाको तापक्रममा गिरावट आएको छ भने चिसो पनि बढेको छ ।