काठमाडौँ ।
छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका १७ स्थानमा घाट निर्माण तथा सरसफाइको काम तीव्र पारिएको छ ।
गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, टेकु, वंशीघाट, थापाथली, कुपण्डोल र बल्खुलगायत स्थानमा छठ पूजाका लागि आवश्यक व्यवस्थापन भइरहेको छ ।
गौरीघाटमा ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल, बत्ती तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्था मिलाउने काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
चार दिनसम्म मनाइने छठ पर्वमा व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ । यस वर्ष कात्तिक २८ गते खरना, २९ गते साँझ अस्ताउँदो सूर्य र ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न हुनेछ ।











प्रतिक्रिया