देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ


काठमाडौं ।

रुपन्देहीमा देउसी–भैलो कार्यक्रममा सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।

उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बजारबाट इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेको हो।

नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।