काठमाडौं ।
मोरङको सुनवर्षी नगरपालिका–६ प्रगति टोलमा घरमा आगलागी हुँदा एक युवती घाइते भएकी छन् ।
गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको दुईतले काठको घरमा आगलागी भएको हो ।
आगलागीमा परी कार्कीकी २६ वर्षीया छोरी निशा कार्कीको दुवै हात र दाहिने खुट्टा जलेको छ ।
घाइते उनलाई उपचारका लागि रंगेली अस्पताल पठाइएको मोरङका प्रहरी निरीक्षक बद्री दाहालले जानकारी दिए ।
उनका अनुसार निशाको अवस्था सामान्य रहेको छ । आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया