काठमाडौ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।
लगातार तीन दिन खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो ठूलो हुनु र चाडपर्वका कारण मजदुर बिदामा जाँदा सडक दुईतर्फी सञ्चालन गर्न कठिन भएको छ ।
पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको र सामान्य पहिरो खसे तत्काल सफा गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
मौसम, सवारी चाप तथा अन्य अवस्था अनुकूल भएपछि मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ । सडक एकतर्फी सञ्चालनमा रहे पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।











प्रतिक्रिया