काठमाडौ ।
मकवानपुरमा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादव रहेका छन्।
घाइतेमध्ये मुकेश यादवको टाउको र ढाडमा तथा सक्षमको शरीरमा भित्री चोट लागेको छ। उनीहरू दुवैको अवस्था सामान्य रहेको छ भने सुदनको टाउको र मुखमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ। तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ।











प्रतिक्रिया