आमा र बच्चाको सम्बन्धमा लेखिएको संस्मरणात्मक पुस्तक सार्वजनिक



काठमाडौं ।

आमा र बच्चाको सम्बन्धबारे लेखिएको संस्मरणात्मक पुस्तक सार्वजनिक भएको छ । बिहीबार कामना न्युज पब्लिकेसन्सकी क्रियटिभ डाइरेक्टरसमेत रहेकी बिनी श्रेष्ठको कमिङ इन्टु द वर्ल्डुपुस्तक सार्वजनिक भएको हो ।

 श्रेष्ठले सिर्जनात्मक सोच र विशेष कला प्रयोग गरेर तयार पार्नुभएको यस किसिमको पुस्तक सम्भवतः नेपालमै पहिलो हो । उहाँ भन्नुहुन्छ– ‘फोटो एल्बमसहितको यो पुस्तकले अभिभावक र बच्चाबीच भावनात्मक सम्बन्ध सुदृढ र रमाइलो बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएकी छु । कुनै पनि क्षणमा आमाबुबा र बच्चाहरू निराश हुने वातावरण पैदा भएमा यो किताबका पानाहरू पल्टाउनासाथ बुबाआमा र बच्चाको अनुहारमा मुस्कान र खुशीयालीका रंगहरू देखा पर्ने बताभयाे ।

पुस्तकमा बालसुलभ व्यवहार, बाल्यकालका सोचाइहरूलाई विस्तृत रूपमा समेटिएको लेखकको दाबी छ । त्यस्तै बामे सर्दै गरेको, बसेको, हिँडेको, जन्मदिनका अविष्मरणीय क्षणहरूलाई पनि पुस्तकमा संगृहीत गरिएको छ । पुस्तकले अन्य आमाहरूलाई पनि आफ्ना बालबालिकाको बाल्यकालका सम्झनाहरूलाई सिर्जनात्मक रूपमा संगृहीत र प्रस्तुत गर्न सहयोग पुर्‍याउने लेखक श्रेष्ठको भनाइ छ ।

पुस्तकमा बालमनोविज्ञानसँगै उनीहरूको दैनिक क्रियाकलापमा पर्ने सामाजिक‚ पारिवारिक प्रभावको विषयलाई विशेष रुपमा प्रस्तुत गरिएको उहाँले बताउभयाे ।

कामना न्युजले प्रकाशित गरेको उक्त पुस्तक काठमाडौंका प्रमुख अस्पताल र फार्मेसीहरूबाट खरिद गर्न सकिन्छ । साे  पुस्तककाे मूल्य २ हजार ५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्