घोप्टेभीरमा दैनिक ५ घण्टा सडक बन्द हुने


काठमाडौँ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डको घोप्टेभीरमा आजदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द रहनेछ।

सडक माथिबाट ढुङ्गा–माटो खस्ने र पहिरोको जोखिम बढेपछि जोखिमयुक्त क्षेत्र कटान गरी सडक सुरक्षित बनाउन सवारी आवागमन रोक्न लागिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।