जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ



काठमाडौं।

काठमाडौं महानगरपालिका-१ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दिपक मानन्धर समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालका-७ धपासीस्थित कबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीया मच्चा गुरुङसमेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्