सल्यानमा करेन्ट लागेर वर्डलिंकका कर्मचारीको मृत्यु



सल्यान। 

सल्यानमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा वर्डलिंकको अफिसमा कार्यरत शारदा नगरपालिका  २ खलंगा डाडाँगाउँ निवासी अन्दाजी ४२ वर्षीय प्रलाद शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 शनिवार दिउँसो छत्रेश्वरी गाउँपालिका १ दमाचौरमा वर्डलिंकको फाइबर लाइन विस्तार गर्न विद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

करेन्ट लागि गम्भीर घाइते शाहको स्थानीय दिघार्यू मेडिकलमा सामान्य उपचार पछि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उहाँको भनाई छ । मृतकको सव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्