बनेपामा जनमतले गर्‍यो प्रतिभाहरुको सम्मान



काभ्रे।

 जनमत वाङ्मय प्रतिष्ठान नेपाल काभ्रेले २०७७ र २०७८ का सम्मानित प्रतिभाहरु सम्मानित गरेको छ । नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि अभि सुवेदीले प्रतिभाहरुलाई सम्मान गर्नु भएको थियो ।

अध्यक्ष वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकाहरुको जमघट थियो । साहित्यकारहरुले कविता मार्फत देश, परिवेश र समग्र वस्तुस्थितिका बारेमा चोटिलो प्रहार गरेका थिए । हरेक वर्ष जनमत वाङ्मय प्रतिष्ठानले प्रतिभाहरुको सम्मान गर्दै आएको छ । जनमतको ३९ औ वार्षिकोत्सवको अवसरमा सम्मान तथा साहित्यिक कार्यक्रम मार्फत प्रतिभा सम्मान गरिएको अध्यक्ष दुवालले बताउनु भयो ।

दीपा जनमत सम्मान भगवती अर्याल पाण्डे र युवराज नयाँघरेलाई प्रदान गरिएको थियो भने गणेश/खिलकुमारी दुवाल जनमत सम्मान श्रीओम श्रेष्ठ ‘रोदन’ र अशेष मल्ललाई प्रदान गरियो । त्यस्तै हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान रामकुमार पाँडे र पद्मावती सिंहलाई प्रदान गरियो । जनमत जनक प्रधान सेवा सम्मान सुरेश कसजु र मणि लोहनीले प्राप्त गर्नु भयो ।

केवलपुरे जनमत सम्मान सुमित्रा सुमी र जलेश्वरी श्रेष्ठ, कमला सैजु जनमत सम्मान डा. गिता त्रिपाठी र तारा केसी, जनमत महेन्दलाल कलाकार सम्मान विक्रमश्री र राजु तुलाधर, जनमत राजभाई सयमपत्री सम्मान दिलसुन्दर श्रेष्ठ र हरिप्रसाद चौलागाई, भारती जनमत साहित्यिक पत्रकारिता सम्मान सीता राई थुलुङ्ग र बालिका गिरी, जनमत केदार सुर्दशना बाल साहित्य सम्मान अनन्तप्रसाद वाग्ले र विजयराज आचार्य, जनमत मित्र अनुवाद राष्ट्रिय सम्मान कृष्णप्रकाश श्रेष्ठ र डा गंगाप्रसाद अकेला, जनमत मित्र अनुवाद राष्ट्रिय सम्मान शिला पन्त र ऋषिकेष कँडेल, जनमत दीपक बैद्य स्वास्थ्य सम्मान डा. रविन्द्र समीर र योगेन्द्र प्रधानाङ्ग, जनमत ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मान टंकबहादुर आले मगर र जनमत पूर्णमान लुची समाजसेवा रुमि राजभण्डारीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्