१८० किलो गाँजासहित भारतीय नम्बर प्लेटको ट्रक र चालक नियन्त्रणमा



चितवन।

भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको जानकारी दिएको हो।

सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको भन्ने सूचनाका आधारमा प्रहरीले ट्रक रोकेर खोजतलास गर्दा १६ वटा पोका बनाएर लुकाएको गाँजा बरामद गरेको थियो । घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए ।

शुक्रबार बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर – ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्