घट्यो सुन-चाँदीको मूल्य, सोमबार कतिमा हुँदैछ कारोबार ?



कठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्