बुटवल।
२२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिवार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई सडेनदेथका आधारमा विजेताको टुगो लगाएका हुन।
खेलको निधारित समयमा समान १ एक गोल भएपछि खेललाई पेन्नाल्टी सुटमा लगिएको थियो । पेन्नाल्टी सुटमा पनि समान चार ४ गोल गरेपछि खेल सडेनदेथमा लगिएको थियो ।
खेलको ५४ औ मिनेटमा मनाङ मरयाङ्दीका कोफी टिमोथेले पहिलो गोल गदै खेलमा अग्रता दिलाएका थिए । एक गोल खाएर रनथनीयको सुदूरपश्चिम ११ ले खेलको ७६ औ मिनेटमा खेलाडी फाल्गुराम थारुले उत्कृष्ट गोल गरेसँगै खेल बराबरीमा पुगेको थियो । बाकी अवधिमा दुई टिमबाट गोल गर्ने प्रयास भएता पनि थप गोल कुनै टिमबाट हुन सकेन ।अन्ततः खेल ९ आठको अन्तरमा मनाङको पोल्टामा उपाधि कब्जा भयो ।
उपाधि चुमेसंगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पाएको छ भने उपविजेता सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको हो । प्रतियोगितामा विजेता र उपविजेतालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पुरस्कार प्रदान गर्नु भएको थियो । २०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलो पटक जितेको हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी सुदुरपश्मिका पाल्गुराम थारु घोषित हुँदै स्कुटर पुरस्कार प्राप्त गरेका छन् भने वेस्ट गोलकिपर जियानाथ शेखले हात पारेका छन् ।