गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन राजीनामा


एजेन्सी ।

बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् ।

योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ । राजीनामा पत्रमा ब्रेभरम्यानले “नियमहरूको प्राविधिक उल्लङ्घन“ भएको स्वीकार गर्दै अगाडि भनिन्, : “मैले गल्ती गरेको छुस म जिम्मेवारी स्वीकार गर्छुः म राजीनामा गर्छु।“

उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्री बनाएको छ । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।