शिल्पाद्वारा सन्नीसँग फिल्म खेल्न अस्वीकार

188
Shares

काठमाडाैं ।

बलिउड अभिनेत्री शिल्पा शेट्ठी अचेल विभिन्न टेलिभिजन शो तथा वेब सिरिजहरुमा व्यस्त छिन्।गत शुक्रबार मात्र उनको अभिनय रहेको फिल्म निकम्मा रिलिज भयो। योसँगै उनी रोहित शेद्मीको वेब सिरिज इन्डियन पुलिस फोर्सको सुटिङमा व्यस्त छिन्।

एक पछि अर्को प्रोजेक्ट हात पार्दै आइरहेकी शिल्पाले अभिनेता सन्नी देवलले फिल्म अपने–२ का लागि राखेको अभिनय प्रस्ताव भने अस्वीकार गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। सन् २००७ मा सन्नी देवलको अपोजिटमा देखिएकी शिल्पा १८ वर्षपछि बन्न लागेको सोही फिल्मको सिक्वेलमा भने व्यस्तताको कारण देखाउँदै प्रस्ताव अस्वीकार गरेकी हुन्।

कुनै समय फिल्मको अफर नपाएकी शिल्पाले हाल आएर सन्नी देवलको फिल्मको अफरलाई लात मारेको भन्दै सन्नीका केही फ्यानले भने उनीप्रति असन्तोष व्यक्त गरेका छन्। सन्नी र शिल्पाको साथमा धर्मेन्द्र, बबी देवललगायतका कलाकारको अभिनय रहने भनिएको कमेडी डझामा अपने २ मा शिल्पा नहुने भएपछि अर्की अभिनेत्रीको टुंगो लगाएर छिट्टै सुटिङ फ्लोरमा जाने भारतीय सञ्चार माध्यमले जनाएका छन्। लामो समयदेखि फिल्मबाट टाढा रहेकी शिल्पा पति राज कुन्द्रा अश्लील सामग्री बिक्री वितरणको मुद्दामा जेल गएपछि टेलिभिजन शोहरुबाट समेत केही समय टाढा रहेकी थिइन्।