युक्रेनबाट चार नेपालीको उद्धार गरेकोमा प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यवाद



न्युज अफ नेपाल, काठमाडौं ।

युक्रेनबाट भारतले उद्धार गरेका ४ नेपाली स्वदेश आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई धन्यवाद दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतीय समकक्षी मोदीलाई मेन्सन प्रधानमन्त्री देउवाले  गर्दै धन्यवाद दिएका हुन् । उक्त ट्वीटमा भनिएको छ, ‘युक्रेनबाट भारत हुँदै चार जना नेपाली भर्खरै नेपाल आएका छन् । नेपाली नागरिकलाई अपरेशन गंगामार्फत् स्वदेश फर्काउन सहयोग गर्नुभएको प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्