नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन शुरू



न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशनमा शनिबार मध्यान्न १२ बजेबाट मतदान शुरू भएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन अन्तर्गत हिजो पधाधिकारी तथा सदस्यहरूले उम्मेदवारी दिएका छन् ।

सभापतिमा बङ्सलाल तामाङ, जङ्ग तामाङ र प्रेमध्वज लामाको उम्मेदवारी परेको छ भने २ उपसभापतिमा ५ जना, २ सचिवमा ४ जना र २ सहसचिवमा ४ जनाले मनोनयन दर्ता गराएका छन् । नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम चलीरहदा चौतारा बहुमुखी क्याम्पस आसपास देखिएको दृष्य यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्