नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ७७ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरी सात हजार नौ सय ८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै नेपालमा पाँच हजार दुई सय १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।