गृहमन्त्री खाँणद्वारा तिलोत्तमा चक्रपथको शिलान्यास 


न्युज अफ नेपाल, बुटवल । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथ को शिलान्यास गरिएको छ। नगरपालिकामा निर्माण भइरहेको चक्रपथको (शनिवार) गृहमन्त्री बालकृष्ण खाँणले शिलान्यास गरेका हुन् ।

गृहमन्त्री खाँणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्यएका थिए । मन्त्री खाँणले चक्रपथको दिगो स्ट्रक्चर निर्माण सहित यो क्षेत्रको विकास मा कन्जुस्याइँ नगरिने बताए । चक्रपथ निर्माणमा आफूले सरकारको तर्फबाट बजेटको कमी हुन नदिने समेत उनले प्रतिबद्धता जनाए ।

तिलोत्तमा चक्रपथ महात्वकांक्षी योजनामा पर्छ । निर्माण पछि देशभरका स्थानीय तह मध्ये तिलोत्तमा चक्रपथ पहिलो हुने छ । चक्रपथ  तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका  ओमसतिया गाउँपालिका, बुटवल उपमहानगरनगरपालिका, देव दह नगरपालिका, रोहिणी गाउँपालिमाको मध्यभागमा पर्नेछ ।

गृहमन्त्री खाँणले चक्रपथको बजेटको लागि सरकारबाट मात्र नभई वैदेशिक दात्री निकायसँग सहयोगको लागि पहल गर्ने बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।