पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताउनु भएको छ मध्यपुरथिमि–४ बालकुमारीमा आज नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले एमसीसी राष्ट्रघातक हो भन्ने कुरा बेक्कार हो भन्नुभयो ।
उहाँले कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै एमसीसीमा सैन्य रणनीति नरहेको प्रस्ट पार्नु भयो ।नेपाल गरिब देश भएकाले सैन्य रणनीतिबाहेक जुनसुकै देशको सहयोग पनि स्वीकारेर देशको बिकासमा लगाउनु पर्ने उहाँको धारणा थियो ।“बानेश्वरको सडकमा एमसीसी मुर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, फेसबुकमा नो एमसीसी लेख्नेको दोष छैन, जसले यो एमसीसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे । यो दोष द्वैध चरित्र देखाउने नेताहरूको हो,” उहाँले भन्नुभयो।
उहाँहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो । अहिले उहाँहरू नै यसको पक्षमा हुनुहुन्छ ।”एमाले अध्यक्ष केपी शर्मा ओली आफैँले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्मा दर्ता गराउनुभएको हो भन्दै उहाँले संसद्मा नाराबाजी गरिरहँदा कुनै पनि दिन एमसीसी मुर्दावाद नभन्नु, एमसीसीका बारेमा बोल्दै नबोल्नु एमालेको पनि एमसीसीमा समर्थन थियो भन्ने पुष्टि हुने भनाइ राख्नु भयो ।
चुनाव अगाडि एमसीसी राष्ट्रघातक हुने र चुनाव पछि राष्ट्रहित हुन्छ भन्ने पक्षमा काँग्रेस नरहेको भन्दै महामन्त्री शर्माले भन्नुभयो, राष्ट्रघातक हो भने त चुनाव अघि गरे पनि पछि गरे पनि राष्ट्रघातक नै हो।”
उहाँले नेपालमा पनि युक्रेनमा रुसले गरेजस्तै अवस्था आउन सक्छ भनेर गलत प्रचार गरिएको बताउनु भयो ।महामन्त्री शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आव्हान गर्नु भयो ।उहाँले राजनीतिदेखि बिरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गर्नु भयो ।महामन्त्री शर्माले भन्नुभयो, “जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर जब मतदान गर्ने बेलामा एक पटक गम्भीरभएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले काँग्रेस सरकार भएपछिको पनि समीक्षा गर्नुस्, म मतदान गर्नुस् ।”
“म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाई पहिलो पटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ,” महामन्त्री शर्माले भन्नुभयो, ।भक्तपुरका रोहितलाई, विगतमा सरकार चलाउने पार्टीहरू समीक्षा गरेर प्रश्न गर्ने अधिकार जनतासँग छ भन्दै उहाँले काँग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी जनताले दिए पनि अहिले सरकारमा जानु परेको भनाइ राख्नु भयो ।पाँच वर्षका लागि चुनाव जितेका नेकपाले सरकार चलाउँदा केपी ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उहाँले केपी ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गर्नु भयो ।
नेकपाकै सरकारको रहेको बेलामा प्रचण्ड र माधव नेपालले बुढानीलकण्ठमा गएर सरकार बुझाए पछि देशका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नु परेको उहाँको भनाइ थियो ।उहाँले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा डङ्ग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्नुभयो ।कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दुर्लभ थापा, सभापतिका प्रत्याशी युवा नेता अष्टकुमार कँवर, मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले चुनावी अभियान सुरु भएको भन्दै आगामी निर्वाचनमा काँग्रेसको जित सुनिश्चित हुने गरी काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।











प्रतिक्रिया