थप १०५ जनामा कोरोना भाइरस संक्रमण, ३ जनाको मृत्‍यु


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने योसँगै ९ लाख ५७ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।