काभ्रे ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीका सबै कमिटीहरूले स्थानीय तहका निर्वाचनमा नेपाली काँग्रेस एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरे गठबन्धन आवश्यक नरहेको बताउनु भएको छ ।
गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा मिलेर जाने प्रस्ताव गरे पछि काँग्रेसका कमिटीहरूले एक्लै प्रतिस्पर्धामा जानु पर्ने बताउन थालेका छन् । नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिको ५० औ बैठक धुलिखेलमा उद्घाटन गर्नु अघि नेता सिंहले पार्टी विधान अनुसार चल्नु पर्नेमा जोड दिनु भयो ।

‘पहिलो चरणमा म सभापतिमा पराजित भए पछि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेँ’–नेता सिंहले भन्नुभयो–‘मैले पार्टीलाई विधान अनुसार अघि बढाउन सुझाव दिएको छु ।’ विधान अनुसार कार्य सम्पादन समिति गठन भइसकेको बताउँदै नेता सिंहले भातृ तथा शुभेच्छुक संगठनहरुको अधिवेशन तथा नयाँ कमिटीका लागि छलफल भइरहेको बताउनु भयो ।
राष्ट्रिय राजनीतिमा एमससीका विषयमा अधिकतम दलहरू बिच सहमति जुटेकाले अवरुद्ध संसद् खुलाउन पहल भइरहेको नेता सिंहले बताउनु भयो । संविधानलाई लिगमा हिँडाउन गठबन्धन आवश्यक रहेको उहाँले बताउनु भयो । नेपाली काँग्रेस काठमाडौँ जिल्लाको अधिवेशन धुलिखेलमा बिहीबार आयोजना गरिएको हो ।











प्रतिक्रिया