लनटेनिस टोली श्रीलंका जाने



काठमाडौं ।

आईटीएफ वर्ल्ड जुनियर टेनिस प्रतियोगिता (एसिया ओसिएना प्रि क्वालिफाइङ) मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएका छन् ।

फेब्रुअरी १४ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसपछि, कोलम्बोमै फेब्रुअरी २१ देखि २६ तारिखसम्म हुने जुनियर डेभिस कपमा पुरुषमा अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले खेल्नेछन् ।

सोही दौरान हुने जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउनेछन् । टोलीको प्रशिक्षकमा रामेश्वर थापा छन् ।

प्रतिक्रिया दिनुहोस्