मोदी परे २० मिनेट जाममा



काठमाडौं, (नेस) ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जाबको फिरोजपुरमा २० मिनेट जाममा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको हुसेनीवालामा राष्ट्रिय शहीद स्मारकभन्दा करिब ३० किलोमिटर पर प्रधानमन्त्री मोदीको सवारी एक फ्लाइओभरमा जाममा परेको हो । भारतीय गृह मन्त्रालयले प्रधानमन्त्री १५–२० मिनेट जाममा परेको र यो प्रधानमन्त्रीको सुरक्षामा ठूलो कमजोरी भएको जनाएको छ । कार्यक्रममा सहभागी हुन नपाएपछि उनी विमानस्थल फर्किएका थिए ।

पन्जाब कंग्रेसले निर्वाचनदेखि डराएर मोदीलाई कार्यक्रममा जान नदिनका लागि प्रदर्शनकारीलाई सडकमा आउन दिएको र गम्भीर सुरक्षा खतरा टरेको भाजपाले आरोप लगाएको छ । तर, भारतीय कंग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले भने प्रधानमन्त्री मोदीको कार्यक्रम रद्ध हुनुका कारण सडकमा र्यालीका कारण नभई कार्यक्रमका खाली कुर्सी भएको दाबी गरेका छन् ।
‘कार्यक्रममा मानिस कम सहभागी भएको थाहा पाएर मोदी फर्किएका हुन् ।’ –उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्