हलिउड र्‍यापरद्वारा प्रेमिकाको हत्यापछि आत्महत्या



सन् २०२२ को पहिलो दिन नै हलिउडमा दुःखद् घटना भएको छ । हलिउड र्‍यापर जे स्टेसले आफ्नी २७ वर्षीया प्रेमीका ग्लालेगोसको गोली हानेर हत्या गरेका छन् भने प्रेमिकाको हत्यापश्चात् उनले आफैँमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्।

बिलबर्डको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार १ जनवरीको बिहान ७ बजे क्यालिर्फोनियाको टेम्पलसिटिस्थित जेको घरमा भएको घटनाको बेला ग्यालगोसका तीन छोराछोरी पनि घरमै थिए। लस एन्जलस काउन्टी शेरिफको रिपोर्टअनुसार गोली चलेको आवाज सुनेपछि ग्यालेगोसका तीन बच्चाले प्रहरीलाई खबर गरेको र प्रहरीले जेको घर पुग्दा रगतले लतपतिएको अवस्थामा जे र ग्यालगोसको मृत शरीर ढलिरहेको अवस्थामा भेटेको थियो। प्रहरी जेको घरमा पुग्दा बच्चाहरू डरले कापिरहेको र सुरक्षाको अपिल गरिरहेका थिए।

प्रहरीका अनुसार जेको घरको मास्टर बेडरुममा छिर्नुअघि जे र ग्यालगोबीच भएको विवादपछि जेले यस्तो कठोर कदम चालेका थिए। उनीहरूको झगडा शुरू भएको थाहा पाएपछि ग्यालेगोसकी सात, नौ र ११ वर्षका सन्तानले आफ्नी आमाको सुरक्षाका लागि लगातार उनीहरूको कोठाको ढोका ढकढक्याइरहेका थिए। ढोका नखुलेपछि बच्चाहरूले आफ्नी हजुरआमालाई फोन गरेको र हजुर आमाको सल्लाहअनुसार बच्चाहरूले प्रहरीलाई फोन गरेको समाचारमा उल्लेख छ। जे र ग्यालगोस एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए भने ग्यालेगोस आफ्नी तीन सन्तानका साथ एक फ्ल्याटमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्