विपक्षी नेतालाई प्रदर्शन गरेकाले १८ वर्ष कैद



मस्को, (एजेन्सी) ।

वेलारूसका विवादास्पद नेता अलेक्जान्दर लुकासेन्कोको विरुद्ध आम जन प्रदर्शनको नेतृत्व गरेकै कारण त्यहाँका एकजना विपक्षी नेतालाई मंगलबार कारावास सजाय तोकिएको छ ।

दंगा फसाद शुरू गराएको लगायत अन्य थुप्रै अभियोगमा दोषी ठहराइएका नेता सर्गेइ तिखानोभ्स्कीलाई अठार वर्ष लामो कैद सजाय सुनाइएको छ । वेलारूस भित्रै र अन्तर्राष्ट्रिय जगतमा समेत उनीविरुद्धको मुद्दालाई सुनियोजित षड्यन्त्र भन्दै आलोचना गरिएको छ ।

उनले सन् २०२० मै लुकासेन्को विरुद्ध राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने योजना बनाएका थिए । तर, निर्वाचनका अगाडि नै उनलाई हिरासतमा राखिएको थियो । त्यसपछि, उनकी पत्नी स्भेत्लाना तिखानोभ्स्कायाले पतिको स्थानमा उम्मेदवारी दिएकी थिइन् । निकै विवादास्पद सो चुनावमा सफलता भने लुकासेन्कोलाई मिलेको थियो ।

अगस्टमा सम्म्पन्न सो निर्वाचनमा आफू विजयी भएको स्वघोषणा गरेको भोलिपल्टै आफ्ना सन्तानहरू लिएर निर्वासित हुन बाध्य भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्