आदिवासी बालबालिकालाई ४० अर्ब डलर क्षतिपूर्ति



मोन्ट्रियल, (एजेन्सी) ।

क्यानाडाली सरकारले प्रसुती स्याहारका क्रममा पक्षपातपूर्ण व्यवहारको शिकार भएको मानिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरूप एकमुष्ठ चालिस अर्ब क्यानाडाली डलर उपलब्ध गराउने निर्णय गरेको छ ।

गत सेप्टेम्बरमा क्यानाडाको एक उच्च अदालतले सन् २०१६ मा अन्य बालबालिकाको तुलना आदिवासी बालबालिकालाई न्युन आर्थिक सहयोग, सहुलियत तथा सेवा उपलब्ध गराएको भन्ने निर्णयलाई समर्थन गर्दै सोहीबमोजिम सम्बन्धित पक्षलाई क्षतिपूर्ति उपलब्ध गर्न अदालतले अर्को आदेश जारी गरेको हो ।

सरकारले सन् २००६ देखिका विशेष सामाजीक कल्याण प्रणालीभित्र परेका प्रत्येक पक्षपाती व्यवहारमा परेका आदिवासी बालकलाई ४० हजार क्यानाडाली डलर दिने निर्णय गरेको छ ।

पूर्व आवासीय विद्यालय परिसरमा १ हजार १ सय जना व्यक्तिको अज्ञात चिहान भेटिएपछि क्यानाडाली सरकारलाई बालबालिकामाथिको यस्तो अन्यायपूर्ण व्यवहारलाई लिएर उचित क्षतिपूर्ति दिन व्यापक जनदबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्