मस्कोको विद्यालयमा किशोरले विस्फोट गराए



मस्को, (एजेन्सी) ।

रसियाको राजधानी मस्कोको सिमानामा रहेको एउटा अर्थोडक्स स्कूलको कन्भेन्ट नजिक एकजना रुसी किशोरले विस्फोटक पदार्थ विस्फोट गराउँदा थुप्रै व्यक्ति घाइते भएको इतार तास न्यजले जनाएको छ ।

रुसी आन्तरिक मामिला मन्त्रालयको अनुसार सेर्पुखोभ स्थित एउटा बिद्यालयमा ग्राष्ज्युयट गरेका ति नाम नखुलाइएका अठार वर्षिय किशोरले विस्फोट गराएर आफैलाई उडाउन खोजेका थिए । तर यस घटनामा उनको ज्यान जोगिएको बताइएको छ । उनको अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

उक्त मन्त्रालयले स्थानिय संचार माध्यमलाई उदरित गर्दै अन्य १२ जना घाइते भएको जनाएको छ । केहि वर्ष यता रसियामा किशोर किशोरीहरुद्वारा विद्यालयहरुमा हुने हिंसात्मक आक्रमणमा वृद्धि भइरहेको छ । एउटा सुत्रलाई उदरित गर्दै रसियाको इन्टरफ्याक्स समाचार निकायले ति किशोरले बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुसंगको शत्रुताका कारण आक्रमण गरेको हुनुपर्ने जनाएको छ ।

वास्तवमा उनको प्रार्थना सभामा थुप्रै व्यक्ति उपस्थित हुनेबेला आक्रमण गर्ने लक्ष रहेको तर उनले बोकेको विस्फोटक पदार्थ गुम्वाकोे ढोकामा नै विस्फोट भएको बताइएको छ । सर्पुखोभ स्थित भेदेन्सकी भ्लादिच्नीय गुम्वा सन् १३६० मा स्थापित भएको हो । मस्को देखि करिव १ सय किमि दक्षिणमा पर्ने यस विदालयमा ७ देखि १६ वर्ष उमेरका बालबालिकाहरु अध्यनरत छन् ।

प्रतिक्रिया दिनुहोस्