सिसिलीमा भग्नावशेषबाट चारवटा लाश निकालिए



मिलान, (एजेन्सी) ।

इटालियन उद्धारकर्ताहरुले सोमवार सिसिली शहर स्थित ढलेका भवनहरुबाट चार वटा लाश निकालेका छन् । ठूला ग्यास सिलिन्डर विास्फोटका कारण ति भवन ढलेको हुनुपर्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

सिसिलियन शहरको राभानसुसामा शनिवार साँझ भएको उक्त दुर्घटनामा चारवटा घर ढल्न पुगेका थिए । अहिले सम्म सातजना मानिसको ज्यान गएको पुष्टि भइसकेको छ । अग्निनियन्त्रकहरुले अझै पनि हराइरहेको बताइएका दुईजना मानिसको भग्नवशेष भित्र खोज्ने कार्य जारी रहेको बताएका छन् ।

यस भयावह विस्फोटनका कारण अन्य एक सय व्यक्तिले घर छाड्नु परेको छ । सो विस्फोटको आवाज छ किलो मिटर परसम्म सुनिएको थियो । अन्य तीनवटा घर पनि क्षतिग्रस्त भएमा छन् । सामवार विहान सवेरै भग्नावशेषबाट निकालिएका लाश मध्ये एउटा सेलेने पास्कारिएल्लो नामक तिस वर्षिया गर्भवती नर्सको पनि रहेको बताइएको छ । उद्धारकर्ताहरुले खोजिकार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्