वीरगन्ज महानगरले बनायो अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन केन्द्र



कृष्णउदास खनाल, वीरगन्ज । 

वीरगन्ज महानगरपालिकाभित्र रहेका अस्पतालहरुबाट उत्पादन हुने फोहोरजन्य पदार्थहरूको अब उपचित तरिकाले व्यवस्थापन हुने भएको छ ।

सोमबार वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले हरित अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन गरेसँगै अब अस्पतालहरूबाट उत्पादन हुने फोहोरको व्यवस्थापन हुन लागेको हो  ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा निर्मित अत्याधुनिक प्रविधिको नगर प्रमुख सागवीरले उद्घाटन गर्दै वीरगन्जमा रहेका अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थाहरूबाट निस्कने दुई खाले फोहोरहरूको उचित व्यवस्थापनमा महानगरपालिकाले अग्रता लिएको र अब अस्पतालबाट निस्कने फोहोरले आम नागरिकहरूले सास्ती झेल्न नपर्ने बताउनुभयो ।

६ करोड २२ लाखको लागतमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिएको वीरगन्ज महानगरपालिकाका प्रशासकीय अधिकृत निश्चल राज पाण्डेले जानकारी दिनुभयो । सो केन्द्रमा  अब अस्पतालहरूबाट निस्कने फोहोर जन्य पदार्थहरूको व्यवस्थापन गरिने वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्