अज्ञात वस्तुका भिडियो सामाजिक सञ्जालमा



लसएन्जलस, (एजेन्सी) ।

पृथ्वीबाहेक पनि अन्तरिक्षका अन्य कुनै स्थानमा प्राणी रहेको हुन सक्ने सम्बन्धमा लामो समय देखि अनुमान लयागत अध्ययन र अनुसन्धानका कार्यहरू हुँदै आएका छन् । साथै पटक पटक मानिसहरूले अज्ञात उड्ने वस्तु देख्ने गरेको दाबीहरूपनि सार्वजनिक हुँदै आएका छन् ।

यसै क्रममा पछिल्लो पटक अमेरिकाको क्यालिफोर्नियाको चिनो हिल्स क्षेत्रमा त्यस्तै अज्ञात रहस्यमय वस्तु देखिएको दाबी गरिएको छ । यही ९ डिसेम्बरमा प्रकाशको लस्करसहितको भिडियो एक महिलाले खिचेकी छन् । उनले सो चिज पहिलो पटक फोहर फाल्दै गरेका आफ्नो नातीले देखेको बताएकी छन् ।

सामाजिक सञ्जालमा राखिएको यस भिडियोको कारण मानिसहरू पुनः एक पटक अन्य ग्रहको प्राणीको अस्तित्व बारे छलफल गर्न व्यस्त रहेका छन् ।

त्यसैगरी विमान उडाउँदै गरेका एक जना पाइलटले साउथ चाइनासिको ३९ हजार फिट माथि बाट खिचेको अर्को रहस्यमय भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा तीन जोडा प्रकाश लस्करै बादलभित्र हिँड्दै गरेको देखिन्छ । भिडियोमा सो रहस्यमय वस्तु हङकङनिर तत्कालै बेपत्ताभएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्