मित्रताको पुल भारतीय नौसेना प्रशिक्षण जहाज ओमानमा



इन्डिया न्युज नेटवर्क ।

मध्यपूर्व मित्र राष्ट्रहरूसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्य पूर्तिका निम्ति भारतीय नौसेना प्रशिक्षण जहाज ओमान भ्रमणमा रहेको छ । आईएनएस सुदर्शनी डिसेम्बर महिनाको ५ तारिखमा सुल्तानकाबुस बन्दरगाह पुगेको थियो । थप तीन दिन यो जहाज ओमानमा रहनेछ ।

रक्षामन्त्रालयले बुधबार जनाए अनुसार यस क्षेत्रका मित्रवत् विदेशी देशहरूसँग ‘मित्रताको पुल’ सुदृढ गर्न र खाडीमा बसोबास गरिरहेका भारतीय प्रवासी सम्म पुग्ने उद्देश्यले जहाज मध्यपूर्वमा तैनाथ गरिएको हो ।

मस्कट भ्रमणका क्रममा जहाजका चालक दल र ओमानका शाही नौसेना दल बीच व्यापक संलग्नता भएको थियो । प्रमुख अधिकारी श्रीकान्त वेणुगोपालले ओमानको शाही नौसेना मुख्यालयको आधिकारिक भ्रमण गर्नुभएको थियो र क्याप्टेन अली अल होसिनी, महानिर्देशक, मानव संसाधन, आरएनओ सँग कुराकानी गरेका थिए । रक्षामन्त्रालयका अनुसार दुई बीच नौसेना सहयोग, युवा अधिकारीहरूको तालिम र पाल तालिम बारे छलफल भएको थियो ।

यसका साथै भारतीय नौसेना जहाज दल र आरएनओ जहाज शबाब ओमान २ र वुधाम नौसेनाबीच परिचालन आदान प्रदानभएको थियो । समुद्री अनुभवका लागि जहाजमा पाँचजना सवारलाई पनि चढाइएको थियो । यसका साथै जहाजका प्रमुख अधिकारीले ओमान मस्कटका लागि भारतीय राजदूत अमित नारङलाई पनि भेटेका थिए । राजदूत र भारतीय दूतावासका कर्मचारीहरूले पनि जहाजको भ्रमण गरेका थिए ।

गोवा जहाज निर्माण उत्पादनले आईएनएस सुदर्शनीको निर्माण गरेको हो । हाल यो जहाज भारतीय नौसेनाको दक्षिणी नौसेना कमान्ड अन्तर्गत कोची, केरलामा तैनाथ छ । आईएनएस सुदर्शनी र आईएनएस तरङ्गिनीले कोचीस्थित प्रशिक्षण केन्द्रमा तालिम प्रदान गर्दै आएको छ । हाल सम्म उक्त जहाजले आईएनकर्मचारी र मित्रवत् राष्ट्रका अधिकारीहरू लाई तालिम प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्