बंगलादेश निर्वाचन आयोगका अधिकारीहरूका निम्ति भारतद्वारा क्षमता विकास कार्यक्रम सञ्चालन



इन्डिया न्युज नेटवर्क ।

लोकतन्त्र र निर्वाचन व्यवस्थापन सम्बन्धी भारत अन्तर्राष्ट्रिय संस्थान (आईआईआईडीईएम) ले बंगलादेश निर्वाचन आयोगका अधिकारीहरूका लागि क्षमता विकास कार्यक्रम सञ्चालन भएको छ ।

भारतका मुख्य निर्वाचनआयुक्त सुशील चन्द्रले बिहीबार बंगलादेशी अधिकारीहरू लाई सम्बोधन गर्दै ईसीआईको समर्पित प्रशिक्षण संस्थानको रूपमा आईआईआईडीईएमले निर्वाचन व्यवस्थापन निकायहरूका अधिकारीहरूका लागि यस्ता क्षमता विकास कार्यक्रमहरूको श्रृंखला आयोजना गर्दै आएको बताएका छन् ।

उनले यी तालिम सत्रहरूले निर्वाचन व्यवस्थापनका उत्कृष्ट अभ्यासहरू साझा गर्न र पारस्परिक रूपमा सिक्ने मञ्च प्रदान गर्ने बताएका छन् । यस्ता कार्यक्रम मार्फत अधिकारीहरूले एक अर्काका चुनाव सञ्चालन गर्ने पद्धति बारे सिक्ने मौका पाउनेछन् ।

यो कार्यक्रम बंगलादेश निर्वाचन आयोगको निर्वाचन आयोग सचिवालय परियोजना (एससीडीईसुएस) को सुदृढीकरण र क्षमता विकासको एक हिस्सा हो । यस क्षमता विकास कार्यक्रममा बंगलादेश निर्वाचन आयोगका ५० जना अधिकारीहरूलाई तालिम दिइने छ ।

नोभेम्बर २९ देखि डिसेम्बर १० तारिख सम्मको पहिलो चरणमा २५ बंगलादेश निर्वाचन आयोगका अधिकारीहरूले तालिम लिएका थिए भने डिसेम्बर १० तारिखबाट शुरूभएको दोस्रो चरणमा अन्य २५ जनाले तालिम प्राप्त गर्नेछन् । बीईसी सचिवालय सँग लागत साझेदारीको आधारमा आईआईआईडीईएमद्वारा आयोजना गरिएको यो पहिलो अन्तर्राष्ट्रिय कार्यक्रमहो ।
तालिम कार्यक्रममा निर्वाचन प्रशासन, मतदातादर्ता प्रक्रिया, जिल्ला योजना तथा जोखिम नक्साङ्कन, निर्वाचन दिवसको अनुगमन सी–भिजिलएपको प्रयोग लगायतका निर्वाचन व्यवस्थापनका विभिन्न पक्ष बारे सत्रहरू सम्पन्न भएकाथिए ।

प्रशिक्षण कार्यक्रमका क्रममा अधिकारीहरूले आगराको मतदाता दर्ता केन्द्रको भ्रमण गरेका थिए । बयानका अनुसार अहिले सम्म आईआईआईडीईएमले ९० भन्दा बढी देशका अधिकारीहरूलाई तालिमदिएको छ । हालसालै सिएरालियोनको राष्ट्रिय निर्वाचन आयोगका अधिकारीहरूका लागि दुई हप्ताको प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्