आँधीहुरीका कारण अमेरिकामा ५० भन्दा बढीको मृत्यु

0
Shares

वासिंगटन,(एजेन्सी) ।

अमेरिकी राज्यकेन्टुकीका गवर्नर एन्डी बेसियरले अघिल्लो रातिआएको आँधीहुरीको कारण पचास जनाभन्दा बढी मानिसको ज्यान गएको हुनुपर्ने शनिबार बताएका छन् । यस राज्यको इतिहासकै सबै भन्दा भयावह आँधीहुरीमा मर्नेको संख्या एक सयसम्म पुग्न सक्ने उनले अनुमान गरेका छन् । अमेरिकाभरि फैलिरहेको आँधीको कराण थुप्रै राज्यहरू प्रभावित भएका छन् । इलिनोइस राज्यमायही दैवी विपत्तिको कारण थुप्रै कामदार एमेजोन कम्पनीको एउटा भण्डारमा थुनिएका छन् ।

यसैगरी अर्कान्सासको एउटा नर्सिंङहोम आंशिकरूपमा क्षतिग्रस्त हुन पुग्दा एक जनाको ज्यान जानुका साथै अन्य बीस जना घाइते भएका छन् । सो भवनको भग्नावशेष घटना भएको नब्बे मिनेटभित्र हटाइए तापनि अलपत्र परेका हुन सक्ने आशंकामा खोजीकार्य जारी रखिएको छ । आँधीहुरीको सन्त्रासको कारण केही व्यक्ति भूमिगत तल्लामा लुक्न गएका थिए ।

केन्टुकीमा स्थानीय प्रशासनले आपतकालीन स्थितिको घोषणा गरेको छ । प्रहरीले राज्यको पश्चिमी भागमा ठूलो क्षति पुगेको जनाएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले अर्कान्सास, टेन्नेस्सी, मिसौरी र इलिनोइस लगायतको अन्य राज्यहरूका केही भागमा आँधी आउन सक्ने चेतावनी सहितको सूचना जारी गरेको छ ।