सहेल क्षेत्रमा आतंकवादको खतरा गम्भीर चिन्ताको विषयः भारत

0
Shares

इन्डिया न्युज नेटवर्क ।

संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनससी) मा भारतले बिहीबार आफ्नो विचार राख्ने क्रममा राख्दै सहेल र त्यसको वरपरका क्षेत्रमा आतंकवादको खतरा गम्भीर चिन्ताको विषय भएको बताएको छ । सेप्टेम्बर महिनाको ११ तारिखमा भएको आतंकवादी हमलाभएको २० वर्ष बितिसक्दा पनि यो विषयउत्तिकै महत्वपूर्ण भएको पनि भारतीय पक्षले बताएको छ।

‘आतंकवाद र जलवायु परिवर्तन’ विषयमा बसिएको यूनएससी उच्च–स्तरीय खुला बहसमा संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले दिएको बयान अनुसार आतंकवादका कारण अफ्रिकी देशहरूको आर्थिक प्रगतिमा प्रतिकूल असर परेको छ।

यस सन्दर्भमा उनले भने, ‘नाइजरका महामहिम राष्ट्रपतिको कथनले फेरि यस परिषद्को ध्यान सहेल र वरपरका क्षेत्रमाखिचेको छ। यो वास्तवमा एक गम्भीर विश्वव्यापी चिन्ताहो। ९/११ को आतंककारी हमलापछि ऐतिहासिक संकल्प १३७३ पारित भएको २० वर्षपछि पनि आतंकवाद विरुद्ध को लडाइँ महत्वपूर्ण छ।’

‘जी५ सहेल देशहरूमा सुरक्षास्थिति, विशेष गरी, विगत तीन वर्षमा बिग्रँदै गएको छ । नागरिक र सुरक्षाबललाई लक्षित गरी धेरै आक्रमण भएका छन्।’‘महासचिवको आवधिक रिपोर्टहरूमा सहेल र वरपरका क्षेत्रमा आतंकवादी समूहहरूले खडा गरेको खतरालाई राम्रोसँग दस्तावेज गरिएको छ।’

अल–कायदा र सहाराकाइस्लामिक स्टेटसँग आबद्ध जमाआ नुसरत उल–इस्लामवाअल–मुस्लिमिनले आफ्नागतिविधिहरू विस्तार गरेको उल्लेख गर्दै उनले अलकायदा र आईएसआईएससँग सम्बन्ध राख्ने समूहहरू र बोको हराम चाड तालको पूर्वी र उत्तरी किनारहरू वरिपरि विस्तार हुँदै गएको बताएका छन्। केही दिन अघि मिनुस्माविरुद्ध भएको आक्रमणमा टोगोका सात शान्ति सैनिक र एक मालियन नागरिक मारिएका थिए । यस घट्नाले सहेल क्षेत्रमा आतंकवादी र सशस्त्र समूहहरूले खडा गरेको खतरालाई देखाएको उनले बताएका छन्।
‘शान्ति सैनिकहरूमाथिभएको आक्रमणको भारतले कडा निन्दागर्दछ र ज्यानगुमाउनेका परिवारप्रतिगहिरो समवेदना व्यक्तगर्दछ, ।’

‘भारत जी ५ सहेल बलले गरेको पहल र नाइजरसहित सहेलका देशहरूको संयुक्तप्रयासको प्रशंसा गर्दछ । यद्यपि, संयुक्त बल तालिम, स्रोतसाधन, रसद र दिगो र अनुमानितवित्तपोषणमा पहुँचजस्ता धेरै चुनौतीहरूबाट ग्रस्त छ – ती सबैले बलको पूर्ण परिचालनमाबाधा पु¥याएको छ,’–तिरुमूर्तिले भनेकाछन् ।

उनले संयुक्तबलले हालप्राप्त गरेका समर्थन अपर्याप्त र दिगो नभएको बताएका छन् । यस वास्तविकता बारे महासचिवले पनि आफ्नो प्रतिवेदनमा प्रकाश पारेका छन् र नाइजरका राष्ट्रपतिले पनि प्रतिध्वनित गरेका छन् । ‘यो समयजी ५ सहेल संयुक्त बल लाई पर्याप्त र दिगो स्रोतहरू, साथै तालिम र रसद सहयोग उपलब्ध गराउने समय हो।’

‘एक स्रोत–प्रतिबन्धितप्रति आतंकवाद रणनीति असफलताको कारक हुनसक्छ । परिषद्ले आफ्नो सुरक्षा पहलहरूमा क्षेत्रीय र उप–क्षेत्रीय संगठनहरूलाई समर्थन गरेर प्रभावकारी उपायहरू लिनआवश्यक छ,’ –उनले औंल्याएका छन् ।

सहेल क्षेत्रमा आतंकवादको खतरा अहिले यस क्षेत्रले सामना गरिरहेका अन्य चुनौतीहरू भन्दा धेरै ठूलो र गम्भीर रहेको बताउँदै तिरुमूर्तिले प्रभावित देशका सशस्त्र बलहरूलाई क्षमता अभिवृद्धि सहायता विस्तार गर्न भारत सधैं तत्पर रहेको बताएका छन्।

यसबारे जानकारी दिदैं उनले भनेकाछन् –‘यस सम्बन्धमाभारतले आईटेक प्रशिक्षण कार्यक्रम अन्तर्गत चाडलाई समावेश गरेको छ र गतवर्ष १० वटा सैन्य प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। यस वर्ष भारतले लगभग २ सय जना नाइजेरियाली सेनालाई आतंकवाद विरोधीतालिम प्रदान गरेको छ।’

‘यस परिषद्ले जी ५ सहेल बललाई चाहिने सबै सम्भावित सहयोग र समर्थन प्रदान गर्नेछ र यस क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वको व्यापक हितमा कार्य गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’