वासिंगटन,(एजेन्सी) ।
विकिलिक्सका संस्थापक जुलियन असान्जलाई बेलायतबाट अमेरिकामा सुपुर्दगी गर्न सकिने अमेरिकाको एक उच्च अदालतले जनाएको छ । गतवर्षका जनवरीमा असान्जको नाजुक मानसिकस्थितिको कारण उनलाई अमेरिकामा सुपुर्दगी गर्न नसकिने भन्दै बेलायतको एक अदालतले गरेको निर्णय विरुद्ध अमेरिकाले गरेको अपिलले विजय हासिल गरेको छ ।
अमेरिकाले उनलाई आत्म हत्या गर्ने सम्भावना न्युनीकरण गर्न दिएको प्रतिवद्धताले न्यायाधीशहरू अन्ततःविश्वस्त भएका हुन् । तर, असान्जका मंगेतर स्टेला मोरिसले भने अदालतको यस निर्णयविरुद्ध आफूहरूले अपिल गर्ने बताएकी छन् ।
सन् २०१० र २०११ मा अमेरिकाको हजारौं सरकारी गोप्य कागजात सार्वजनिक गरेको अभियोगमा असान्ज काराबाहीको सूचीमा रहेका छन् । वरिष्ठ न्यायाधीशहरूले कनिष्ठ महिलान्यायाधीशले गत जनवरीमा यदि सुपुर्दगी गरिएको खण्डमा असान्जलाई अत्यन्तै कडा नियमहरू पालना गरिनु पर्ने कारागारमा थुनिने खतरा रहेको निर्णय गरेको पत्ता लगाएका छन् ।
तर, पछि अमेरिकी सरकारले यदिउनले भविष्यमा अमेरिकालाई अहितहुने कामनगर्ने प्रतिवद्धता जनाएको खण्डामा उनलाई त्यस्तो कारागारमा नराखिने बचन दिएको थियो । यसैबिच, विकिलिक्सका प्रधान सम्पादक क्रिस्टिन हार्फन्स्सोनले एक पटक पुनः असान्ज र सरकार तथा कर्पोरेसनलाई चित्तन बुझ्ने गरी समाचार सार्वजनिकवा सम्प्रेषण गर्ने पत्रकारहरू अझै खतरामा परेको महशुस भएको बताएका छन् ।











प्रतिक्रिया