भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो



नयाँ दिल्ली ।

भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको विदेश मन्त्रालयले जनाएको छ । यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधिहरूलाई हस्तान्तरण गरिनेछ ।

‘अफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्तिको खेप पठाएको छ’, – विदेश मन्त्रालयले भनेको छ ।

शुक्रबार विशेष उडानले अफगानिस्तानबाट हिन्दू-सिख अल्पसंख्यक समुदायका सदस्यहरू सहित १० भारतीय र ९४ जना अफगानीहरूलाई भारतले देवी शक्ति अपरेशन अन्तर्गत राष्ट्रिय राजधानीमा ल्याएको विदेश मन्त्रालयले जनाएको छ ।

“अपरेसन देवी शक्ति” अन्तर्गत अफगानिस्तानबाट कुल ६६९ जनालाई अहिले बाहिर निकालिएको मन्त्रालयले जनाएको छ जसमा सयौं भारतीय र अफगानीहरू छन् । त्यसमा पनि अफगान हिन्दू/सिख अल्पसंख्यक समुदायका सदस्यहरू रहेका छन् । सन् २०२१ को अगस्ट महिनाको शुरुमा अफगानिस्तानबाट ४३८ भारतीयसहित ५६५ जनालाई बाहिर निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्