राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ८२ जना कर्मचारी माग गरेको छ । शुक्रबार विज्ञापनमार्फत विभिन्न पदमा कर्मचारी माग गरेको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापनमा अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।

विज्ञापनअनुसार प्रशासन सेवातर्फ ४५ जना सहायक निर्देशक अधिकृत तृतीय मागेको छ । यस्तै सहायक निर्देशक लेखा परीक्षण ६ जना लगायत अन्य पदमा जनशक्ति भर्ना गर्ने उल्लेख छ।

उक्त विज्ञापनमा दरखास्त दिन आज २०७८ मंसिर २४ गतेदेखि पुष १५ गतेसम्म अनलाइन आवेदन दिन सकिने छ । यस्तै पुष २२ गतेसम्म दोब्बर दस्तुरमा अनलाइन दरखास्त दिन सकिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्