अमेरिकी अर्बपतिले कहिल्यै कलाकृति किन्न नपाउने



वासिङ्टन, (एजेन्सी) ।

एक अनुसन्धानपछि लुटिएको र अवैध ढंगले तस्करी गरिएको कलाकृतिका बहुमूल्य वस्तुहरू साथमा फेला परेयता एकजना अमेरिकी अर्बपतिमाथि आजीवन कुनै पनि पुरातात्विक महत्वका त्यस्ता वस्तुहरू खरिद गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । तर, आफूसँग रहेका करिब सात करोड अमेरिकी डलर मूल्य बराबरका ती वस्तुहरू सरकारसमक्ष फिर्ता गरेकाले अर्बपति माइकल स्टेइनहाडर्ट सम्झौताअनुरूप अपराधी कारबाहीबाट भने बचेका छन् ।

अमेरिकी वकिलहरूले यसरी पुरातात्विक महत्वका वस्तुहरू खरिद नपाउने गरी प्रतिबन्ध लगाइएको अमेरिकाकै पहिलो अनौठो घटना भएको टिप्पणी गरेका छन् । तिनीहरूका अनुसार वास्तवमा अधिकांश पुरातात्विक वस्तुहरू कहाँबाट आएका हुन् भन्नेसमेत थाहा नहुने गरेको छ । स्टेइनहाड्ट स्वयंले पनि आफूले कुनै पनि आपराधिक कार्य नगरेको बताएका छन् ।

एनले सरकारलाई फकार्एका १ सय ८० वटा महत्वपूर्ण वस्तुहरूमा स्टाग्स हेड राइटन र ४ सय इसापूर्वको ३५ लाख अमेरिकी डलर मूल्य पर्ने पिउने भाँडोसमेत रहेका छन् । उनले सन् २०१६ मा एकजना चिनेकै तस्करबाट ३ हजार वर्ष पुरानो मानव अवशेषसमेत खरिद गरेको वकिलहरूको दाबी रहेको छ ।

एनले म्यानह्याटन जिल्ला न्यायाधीश सिवाइ भ्यान्स जुनियरसमक्ष ती सामान फिर्ता गरेका थिए । न्यायाधीशको कार्यालयले अन्ततः अन्तर्राष्ट्रिय कला बजारसम्म पुग्नुअघि ती वस्तुहरू विश्वका ११ वटा मुलुकबाट तस्करी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्