स्विजरल्यान्डमा ‘सुसाइड पोड’ प्रयोग गरी मर्न पाइने कानुन



जेनेभा, (एजेन्सी) ।

स्विजरल्यान्डले हालसालै मात्र आत्महत्याका लागि सहयोग लिएर मर्न सकिने नयाँ तरिकालाई वैधानिकता प्रदान गरेको छ । स्विजरल्यान्डको चिकित्सा पुनरावलोकन बोर्डले आत्महत्याका लागि मानिसले ‘सुसाइड पोड’ प्रयोग गर्न सक्ने अनुमति प्रदान गरेको छ । झ्यालसहितको ३–डी प्रिन्टेड पार्टेवल कोफिनजस्तो क्याप्सुल यस पोडलाई मानिसको अन्तिम क्षणमा प्रयोग गर्न जुनसुकै शान्त स्थानमा सजिलै लान सकिन्छ ।

पुराना आत्महत्यामा सघाउने तरिकाहरूमा साधारणतया रासायनिक तत्वलाई सामेल गराइने गर्दथ्यो । यस पोडका आविष्कारक तथा एक्जिट इन्टरनेसनलका सदस्य फिलिप नित्स्चकेले वेबसाइट स्विसइन्फोडेट च लाई भनेका छन्– ‘यस ‘डेथ पोड’ मा आत्महत्याका विभिन्न तरिका उपलब्ध छन् । हामीले प्रक्रियाबाट कुनै पनि प्रकारका मनोचिकित्सकीय पुनरावलोकन हटाउन चाहन्छौं । र, व्यक्ति विशेषलाई नै आत्महत्याका विधिलाई नियन्त्रण गर्न दिन्छौं । हाम्रो लक्ष्य भनेको एउटा आर्टिफिसियल– इन्टेलिजेन्स स्क्रिनिङ सिस्टम विकास गरी आत्महत्या गर्न लागेका व्यक्तिको मानसिक क्षमता स्थापना गर्नु हो ।’

यस पोडको प्रयोग गर्न लायक हुन ती मर्न चाहने व्यक्तिले अनलाइन सर्भेलाई उत्तर दिएर स्वयंले मर्ने निर्णय गरेको हो भन्ने प्रमाणित गर्नुपर्ने हुन्छ । यस परीक्षामा उत्तीर्ण भएपछि उनलाई पोडको लोकेसन र एक्सेस कोड दिइनेछ । ती व्यक्तिले पोडभित्र छिरेर स्विच थिचेपछि भित्र नाइट्रोजन प्रवाह हुनछ र भित्रको अक्सिजनको स्तर २१ बाट १ प्रतिशतमा झर्नेछ ।
ती व्यक्ति निकै आरामसँग क्याप्सुलभित्र पल्टिन्छन् ।

तिनले निकै अलमलिएको वा निकै खुसी भएको जस्तो महशुस गर्नेछन् । मृत्युवरण गर्नलाई केवल ३० सेकेन्ड लाग्नेछ । मृत्यु हिपोक्सिया, हिपोक्याप्निया, अक्सिजन वा कार्बन डाइअक्साइडको अभावको कारणले हुनेछ । मृत्यु डरलाग्दो र दुःखद् महशुस हुने छैन । सन् २०२० मा करिब १ हजार ३ सय जना मानिसले स्विजरल्यान्डमा आत्महत्याको सहयोगले मृत्युवरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्