जर्मनीका नयाँ चान्सलरमा स्कोल्ज निर्वाचित



वर्लिन, (एजेन्सी) ।

ओलाफ स्कोल्ज जर्मनीको नयाँ चान्सलर भएपछि एन्जेला मर्केलको १६ वर्ष लामो जर्मनीको नेतृत्वले विश्राम पाएको छ । जर्मनीको संसद्मा भएको मतदानमा स्कोल्जको ती पार्टी सम्मिलित गठबन्धनले बहुमत प्राप्त गर्न सफल भएको छ । उनको मध्यमार्गी सोसियल डेमोक्रेट्सले अब ग्रिन्स र व्यापार–मैत्री फ्रि डेमोक्रेटस्ले मिलेर सरकार चलाउने भएको छ ।

उनलाई सत्ता हस्तान्तरण गरेलगत्तै मर्केलको ३१ वर्ष लामा राजनीतिक करियरले पनि पूर्ण विराम पाउने भएको छ । ६३ वर्षीय स्कोल्जले मर्केल सरकामा महत्वपूर्ण भूमिका निभाएका थिए । उनी मर्केलको सरकारमा उप–चान्सलर रहेका थिए ।

जर्मन संसद् बुन्डेस्टागले उनको पक्षमा ३ सय ९५ र विपक्षमा ३ सय ३ मत खसालेको थियो । त्यसपछि उनलाई राष्ट्रपति फ्रान्क–वाल्टर स्टेइनमेइरले औपचारिकरूपमा जर्मनीको नवौं संघीय चान्सलरका रूपमा नियुक्त गरेका थिए । उनले भोलि नै पदीय शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्