[अपडेट] भारतीय सेना प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना, १३ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा १३ जनाको मृत्यु पुष्टि भएको छ । घाइते १ जनाको उद्धारपछि उपचार भइरहेको छ । उद्धार गरेर उपचार भइरहेका व्यक्तिको परिचय खुलाइएको छैन । हेलिकप्टरमा रावत र उनकी पत्नीसहित १४ जना सवार थिए ।

दुर्घटनास्थलमा घना जंगल भएकाले हेलिकप्टर दुर्घटनास्थलमा आगोको मुस्लो देखिएको छ । हाल घटनास्थलमा सेना, प्रहरीको बाक्लो उपस्थिती छ । उनीहरु त्यहाँ मुचुल्का उठाउने र घटनास्थलबारे जानकारी संकलन गरिरहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।