सिटौला भेट्न उनकै निवासमा पुगे रामचन्द्र पौडेल



काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीकै अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेटेर फर्किएका छन् । बुधबार पौडेल सिटौलालाई भेट्न चन्डोलस्थित उनकै निवास पुगेका थिए । सिटौला सँगको भेटमा पौडेलले आगामी महाधिवेशनबाट नेतृत्वका लागि सबैजना एक ठाउँमा उभिनुपर्नेमा जोड दिएको बताइएको छ । सिटौलाले यस विषयमा आफ्नो समूहमा छलफल गर्नुपर्ने बताएका छन् ।

१४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न आफूलाई सकस परिरहेका बेला पौडेल सिटौलालाई भेट्न उनकै निवास पुगेका हुन् । छलफलपछि नेता पौडेल आफ्नो निवास फर्किएका छन् । संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्न अन्तिम रस्साकस्सी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्