बन्दुक बोकेको पारिवारिक तस्बिर सार्वजनिक गर्ने विधायक ! 



वासिंगटन, (एजेन्सी) ।

अमेरिकाको मिचिगनस्थित एउटा विद्यालयमा भएको ह्रदयविदारक गोली काण्डको घटना सेलाउन नपाउँदै एक जना अमेरिकी विधायकले सैनिक शैलीमा राइफल बोकेका आफ्ना सम्पूर्ण परिवारका सदस्यसहितको क्रिसमस तस्बिर पोस्ट गरेपछि निकै आलोचित बनेका छन् ।

मिचिगनको विद्यालयमा एक जना १५ वर्षीय छात्रले अन्धाधुन्ध गोली चलाउँदा चार जना किशोर किशोरीको ज्यान जानुका साथै अन्य सात जना घाइते भएका थिए । ती छात्रले हालसालै आफ्ना पिताले किनेको ह्यान्डगन प्रयोग गरेका थिए । केन्टुकीका रिपब्लिकन विधायक थोमस मास्सीले ‘मेर्री क्रिसमस’ भन्दै ट्विटरमा सो तस्बिर पोस्ट गरेका थिए ।

उनको यस कार्यको बन्दुक हिंसाका पीडित परिवारहरू लगायत रिपब्लिकन र डेमोक्रेटिक दुई खेमाका राजनीतिज्ञहरूले आलोचना गरेका छन् । अन्य ट्विटर प्रयोगकर्ताहरूले पचास वर्षीय मास्सीलाई संवेदनरहित मानिसको संज्ञा दिएका छन् । मिचिगनको विद्यालयको गोलीकाण्डका पीडित परिवारले यो तस्वीरको व्यापक आलोचना गरेका छन् ।

मास्सीले सन् २०२० को बन्दुक बोक्न पाउने अधिकारको समर्थनमा निकालिएको एउटा र्‍यारीमा आफ्नो खल्तीबाट बन्दुक निकालेका थिए । उनी पहिलो पटक सन् २०१२ मा केन्टुकीको विधायकमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्