भारतकाे महावाणिज्य दूतावास वीरगंजमा



काठमाडौं ।

भारतको महावाणिज्य दूतावास वीरगंज द्वारा दूतावास परिसर भित्र भारतको ७५औं स्वतन्त्रता दिवस मनाईएको छ ।

स्वतन्त्रता दिवस अमृत महोत्सवमा विश्व एड्स दिवसमा भारतको महावाणिज्य दूतावास, वीरगंजद्वारा विहान ८ बजे रक्तदान शिविरको कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको वीरगन्ज कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

कार्यक्रममा महावाणिज्य दूतावासका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । वाणिज्य दूतावास अधिकारी तथा कर्मचारीहरु माझ रक्तदान गर्ने अभ्यासलाई अभिप्रेरित गर्न र रक्तदान सम्बन्धी जनचेतना फैलाउन प्रतिबद्ध  छ । महावाणिज्य दूत नितेश कुमारले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू र महावाणिज्य दूतावासका सदस्यहरूलाई उहाँहरूको अमूल्य योगदानको लागि आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्