ललितपुरका मेयर महर्जनद्वारा निर्मित अत्याधुनिक शौचालय उद्घाटन



काठमाडौं ।

लालितपुर महानगरपालिका स्थित पाटन ढोकामाबनेको अत्याधुनिक सार्वजनिक शौचालयको ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जनको प्रमुख आतितथ्यतामा उद्घाटन भएको छ ।

ललितपुर महानगरपालिका र एरोसान सस्टेनेबल स्यानिटेशनको साँझेदारीमा विगत करिब २ वर्ष अगाडि मंगलबजारमा रहेको सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्त्तरोन्नती गर्ने सम्झौता भए बमोजिम निर्माण भई हाल संचालनमा आईरहेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जनले आफ्नो नगरमा सार्वजनिक शौचालय निर्माण र व्यवस्थापनका लागि गर्दै आउनु भएको अथक प्रयास तथा एरोसानको शौचालयनिर्माण, संचालन र व्यवस्थापनमा भएको दुरदृष्टि तथा ललितपुर नगरपालिका र एरोसान विच भएको संझौतालाई अगाडि बढाउँदै लालितपुर महानगरपालिका स्थित पाटन ढोकामाबनेको अत्याधुनिक सार्वजनिक शौचालयको ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जनको प्रमुख आतितथ्यतामा समुद्घाटन हो ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट शहर बनाउने अवधारणा अनुरुप सार्वजनिक शौचालय पाटनढोकामा निर्माण हुनु निकै महत्वपूर्ण रहेको चर्चा गर्दै अत्याधुनिक समाबेशी शौचालय निर्माण भएकोमा कोशेढुङ्गा हुने बताउनु भयो ।

यस शौचालयको भवन डिजाईन र निर्माण सोनाको तर्फबाट भएको छ भने निर्माण पछिको विभिन्न भौतिक सामग्रीको व्यवस्था तथ दिगो संचालन र व्यवस्थापन एरोसानले गरेको छ । यस सार्वजनिक शौचालय१००० वर्ग मिटरको क्षेत्रफलमा६०० वर्ग मिटरको छानामा निर्माण भएको छ भने यसलाई वातावरण मैत्रीबनाउन एरोसानले १० घन मिटरको वायोग्याँस प्लाण्ट र ६०० वर्ग मिटर क्षेत्रफलबाट संकलनगर्न आकाशेपानी संकलनप्रविधि जडान गरिएको छ । यस शौचालयमा महिलाहरुका लागि ३ वटा शौच गर्ने स्थान, पुरुषका लागि ५ वटा पिसावगर्ने र २ वटा शौच गर्ने स्थान तथा अपाङ्गहरुका लागि १ वटा शौच तथा पिसाव गर्ने स्थान रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्