डोटी पार्टी सभापतिमा सिंह



डोटी, (नेस) । 
नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी हुनुभएको छ । बुधबार सम्पन्न भएको निर्वाचनमा कुल ९ सय ८७ मत खसेको थियो ।

जसमा सिंहले ५ सय ६८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३ सय ९७ मत प्राप्त गर्नुभएको थियो । मंगलबार भएको निर्वाचनमा कुल खसेको मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थियोे ।

सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मंगलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच जना उम्मेदवार रहेका थिए । कुलमतदाता १ हजार १ सय ७ जना थिए । निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ ।

मंगलबार पहिलो चरणमा भएको निर्वाचनमा नरेन्द्रबहादुर सिंहले ३ सय ५८, भूमिराज बडुले ३ सय ४२, प्रदीप देउवाले २ सय १४, नरबहादुर ढाँटले ९१, टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए । जसले ५१ प्रतिशत मत ल्याउँछ उसको जित हुने विधानमा उल्लेखित छ ।
१ हजार १ सय ७ जना मतदाता रहेको डोटीमा पहिलो चरणको मतदानमा जम्मा १ हजार ८७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्